×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरबाटै करोडपति बनेका सुबास चन्द्रको विश्लेषण यस्तो- ‘यहि मार्चमा लो लाग्छ, अगष्टमा यो बर्षको हाई चुम्छ’ (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

सेयरबाटै करोडपति बनेका सुबास चन्द्रको विश्लेषण यस्तो- ‘यहि मार्चमा लो लाग्छ, अगष्टमा यो बर्षको हाई चुम्छ’ (भिडियो)

काठमाडौँ। सेयर बजारका भेट्रान गुरुका रुपमा परिचित अग्रज र अनुभवी लगानीकर्ता सुबास चन्द्र भट्टराईले लगानीकर्ताले खेलिरहेको कम्पनीमा सधैं नाफा मात्र नहुने तथ्यलाई टेकेर आफुले आफ्नो अनुभवका आधारमा लगानीकर्ताहरुलाई सुसुचित गरिरहेको बताएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघले काठमाडौँमा आयोजित बनभोज कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । आफुले बजार घटेका बेला भोगेको डिप्रेसनको स्मरण गर्दै उनले आफुलाई जस्तो समस्या अरुले पनि पक्कै भोगिरहेको सम्झेर आफुले जानेको ज्ञान बाँडिरहेको बताएका हुन् ।

आफुसँग रहँदाभन्दा गुमेपछि त्यसको माया हुने बताउँदै उनले सेयर बजार सुन्दर हुँदा हुँदै पनि यसभित्र ब्यापक चलखेल हुने गरेकोसमेत बताएका छन् । खेलमा कहिलेकाहीं रेफ्री नै झेली हुने उदाहरण दिंदै उनले यसपटकको खेलमा नेपाल राष्ट्र बैंक त्यस्तै झेली रेफ्री भएकोसमेत बताएका छन् ।  नेपाल राष्ट्र बैंकले बेलै नभई ४-१२ को क्याप लगाएको स्मरण गर्दै उनले नेपालको सेयर बजार हल्लाका भरमा पनि चल्ने गरेको उनको भनाई छ ।
‘बजारले धेरैलाई प्यानिक बनाईसक्यो, अव धेरै घट्दैन । मार्चमा यो बर्षको लो लागेर अगष्टमा यो बर्षको हाई ब्रेक हुन्छ’, लगानीकर्ताहरुलाई सम्बोधन गर्दै उनले भने-  ‘त्यसपछि २०२४ को अगष्टमा यो बजार सबैभन्दा माथि पुग्छ। ‘
हेरौं उनले गरेको सम्बोधन भिडियोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: