Skip to content
LAXMI SUNRISE BANK

होलिमा सुदूरपश्चिमका २७६ सवारीसाधन कारबाहीमा परे, कति उठ्यो राजस्व ?

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेशमा होलिको अवधिमा २७६ सवारीसाधन कारबाहीमा परेका छन । प्रदेशको ९ वटै जिल्लामा शुक्रबार र शनिबार गरिएको सवारी जाँचमा २७६ सवारीसाधन कारबाहीमा परेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । कारबाहीमा परेका सवारीसाधनबाट २ लाख ५८ हजार ५ सय राजश्व संकलन भएको छ ।

कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मापसे गरेर मोटरसाइकल चलाएको पाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । शुक्रबार प्रदेशभर १ सय ३८ सवारीसाधन कारबाही गर्दा ९९ हजार ५ सय राजश्व संकलन भएको हो ।

त्यस्तै शनिबार २ सय ३८ सवारीसाधनबाट १ लाख ५९ हजार राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । कारबाहीमा परेका सवारीसाधनमा सबैभन्दा बढी कैलालीमा रहेका छन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK