×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय पुन: थपियो, लगानीकर्ताहरुले अब कहिलेसम्म पाउँछन् भर्न ?

काठमाडौं । बलेफी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय पुनः थप गरिएको छ । कम्पनीको आइपिओमा अब फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको बलेफी हाइड्रोपावरले यसअघि फागुन १९ गतेसम्म समय थप गरेको थियो ।
कम्पनीले स्थानीयलाई छुट्याएको आइपीओमा माग बमोजिम आवेदन नपरेपछि पुनः समय थप गरेको जनाएको छ । कम्पनीले माघ २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले स्थानीयलाई जारी पुँजीको १०% अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं. ७ का स्थानीयलाई छुट्याइएको छ ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: