काठमाडौं । सीबीआइएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सिटिजन्स म्युचुअल फन्ड–१ को फागुन मसान्तको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३४ पैसाले घटेर १० रुपैयाँ ६० पैसा कायम भएको छ । माघमा यसको प्रतिइकाई खुद मूल्य (न्याभ) १० रुपैयाँ ९४ पैसा थियो ।
यस्तै यसको सेयर लगानी पनि घटेको छ । अघिल्लो महिना ६४ करोड २० लाख रुपैयाँ सूचिकृत सेयरमा लगानी गरको यो फन्डको अहिले घटेर ६१ करोड ४० लाख रुपैयाँ कायम भएको छ । फागुन मसान्तमा यस फन्डको बैंक मौज्दात पनि घटेको छ ।
यस्तै सिटिजन्स म्युचुअल फन्ड–२ को प्रतिइकाई खुद सम्पति मूल्य पनि २७ पैसाले घटेर ११ रुपैयाँ ७० पैसा कायम भएको छ । अघिल्लो महिना यसको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ रुपेयाँ ९७ पैसा रहेको थियो । यो फन्डको सेयर लगानी पनि घटेको छ । अघिल्लो महिना ४७ करोड २६ लाख रुपैयाँ सूचिकृत सेयरमा लगानी गरको यो फन्डको अहिले घटेर ४५ करोड रुपैयाँ कायम भएको छ ।
फागुन मसान्तमा यस फन्डको बैंक मौज्दात भने बढेको छ । माघ महिना ६ करोड ४८ लाख रहेको बैंक मौज्दात यो महिनामा बढेर ६ करोड ६३ लाख रुपैयाँ कायम भएको छ । यी दुवै म्युचुअल फन्डको कोष प्रवद्र्धक सिटिजन्स बैंक हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्