×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिभिल सहकारीमा ३ अभिनेत्रीको करोडौँ रकम फस्यो, न्याय दिलाउन चलचित्र कलाकार संघले गर्यो सरकारसँग माग

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा ३ अभिनेत्रीहरुको पनि करोडौँ रकम फसेको पाइएको छ । नेपाल चलचित्र कलाकार संघले सोमबार एक विज्ञप्ति जारी गर्दै वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जितले बचत गरेको रकम सहकारीमा फसेको भन्दै रकम फिर्ता गराइदिन सरकारसँग माग गरेको हो ।
संस्थाका सञ्चालक इच्छाराज तामाङलगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको संघको विज्ञप्तिमा उल्लेख गरेको छ । सो सहकारीमा भुवन चैत्य बसुन्धरा फाउन्डेसनको अक्षयकोषकोसमेत रकम रखिएको थियो । तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको संघले जनाएको छ ।
विज्ञप्तिमा ‘मुलुकका नागरिक एवं चलचित्रकर्मीमाथि परेको आर्थिक पीडालाई समाधान गरी न्याय दिलाउन सम्बन्धित निकायका सबै पक्षसँग हामी जोडदार अपील गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ । यता सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: