काठमाडौँ । राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागले नेपाल सरकारले गैरकानुनी मानेको क्रिप्टोकरेन्सीका विभिन्न माध्यमहरू बाइनान्स, एडीभी क्यास, क्वाइन बेस, पाक्सफुललगायतका एपमार्फत कारोबार गरेको आरोपमा मोरङको रतुवामाईका पुस्कर श्रेष्ठ र रतुवामाईकै विनिता लिम्बुविरुद्ध नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ जरिवाना माग गरेर मुद्दा दायर गरेको हो।
श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख गरी सात करोड ५७ लाख र लिम्बुले एनआईसी एसियाबाट दुई करोड १६ लाख रुपैयाँ बराबरको अनलाइनमार्फत अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको विभागले जनाएको छ ।
उनीहरूविरुद्ध विदेशी विनिमय नियमन गर्ने ऐनअनुसारको कारबाही माग गरेर मुद्दा दर्ता भएको विभागको भनाइ छ । सरकारले नेपालमा क्रिप्टोकरेन्सी र कुनै पनि किसिमका डिजिटल मुद्रालाई कानुनी मान्यता दिएको छैन । नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीलगायतकाले क्रिप्टोमा लगानी नगर्न पटक–पटक सूचना निकालेरसचेत गराउँदै आएपनि क्रिप्टोको कारोबार भने झन् बढ्दै गएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्