×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा फागुन ३० गते सोमबार हुने, ७ प्रतिशत लाभाशं वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा फागुन ३० गते सोमबार हुने, ७ प्रतिशत लाभाशं वितरण गर्ने विशेष प्रस्ताव पेस गरिने

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा फागुन ३० गते सोमबार हुने भएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पनि पारित गर्ने भएको छ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि हिमालयन जनरलले फागुन १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । तर्सथ, फागुन १५ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश तथा सभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: