×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खुल्यो आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर, कहिलेसम्म पाईन्छ भर्न ? (विवरणसहित)

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आज आइतबार (फागुन २२ गते) देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले १०ः४ अनुपातमा ४०% अर्थात ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०% हकप्रद बिक्री गर्न लागेको हो ।
यो हकप्रद बिक्रीपछि भने पूँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । उक्त हकप्रद सेयरको लागि यसले फागुन १ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसअघिसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यो हकप्रद सेयरमा लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आइएमई जनरलको हकप्रदलाई इक्रा नेपालले ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: