×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम मौका, तपाईं छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम मौका, तपाईं छुट्नु त भएन ?

काठमाडौं ।  ग्रीन भेन्चर्स लिमिटेडको आइपीओमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले कम्पनीको सो आइपीओ  आज कार्यालय समयसम्म भर्न पाउने भएका हुन् । कम्पनीले फागुन २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले ओखलढुंगा र रामेछाप जिल्लाका स्थानीयलाई जारी पुँजीको १०% अर्थात ३१ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ओखलढुंगा जिल्लास्थित खिजिदेम्बाब गाउँपालिका वडा नं. १, २ तथा ३ र लिखु गाउँपालिका वडा नं. ९ का स्थानीयले आवेदन दिन पाउनेछन् ।
यस्तै रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिका वडा नं १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले पनि सेयरमा आवेदन दिन सक्नेछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँको १०% सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।
स्थानीय बासिन्दाले कम्पनीको सो आइपीओमा लक्ष्मी बैंक मन्थली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिखु रामेछाप तथा मेगा बैंकको खिजिदेम्बा र मंथली शाखाबाट आवेदन दिन सक्नेछन । आयोजनास्थलबाट पनि आइपीओ भर्न सकिन्छ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: