Skip to content
LAXMI SUNRISE BANK

१५.७८ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको वार्षिक साधारणसभा आइतबार बस्दै, यस्ता छन् पेस हुने अन्य एजेन्डा

अर्थ सरोकार

काठमाडौं । जानकी फाइनान्सको वार्षिक साधारणसभा आइतबार फागुन २२ गते हुने भएको छ । यसअघि फागुन ७ गते बोलाइएको सभा कोरम नपुगेपछि स्थगित भएको थियो । अब फागुन २२ गते गायत्री कुञ्ज, अतिथी सदन जनकपुरमा पुनः साधारण बस्ने बैंकले जनाएको हो । सभामा जानकीले १५% बोनस सेयर दिने विशेष प्रस्ताव पेस गर्नेछ ।
यस्तै, ०.७८% नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पनि पेस हुनेछ । बोनसपछि पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
साथै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभाका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । माघ २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK