×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलम वायरसेफ नेपाली बजारमा, विद्युतीय दुर्घटनाबाट कम क्षति हुने विश्वास

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मंगलम वायरसेफ नेपाली बजारमा, विद्युतीय दुर्घटनाबाट कम क्षति हुने विश्वास

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा मंगलम वायर सेफ लन्च गरेको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूको उपस्थितिमा वायरसेफको अनावरण गरेकी हुन् । शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको यो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो । एक्स्पोमा मंगलमको पनि सहभागिता रहेको छ ।

वायरसेफ एमआरएलएस विद्युतीय कन्ड्युट पाइप घर धनीहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको मंगलम इण्डस्ट्रिजले जनाएको छ । एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरू प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । तर यो पाइप वायरिङ्गको लागि बनेको हुँदैन र यसले विद्युतीयजोखिमहरूबाट नबचाउने इण्डस्ट्रिजले जनाएको छ ।

मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘हाम्रो नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । जुन अहिलेको आवश्यकता हो । हामीले विद्युत चुहावटका कारण सर्टसर्किट र अन्य दुर्घटनाहरूका धेरै समाचार सुन्दै आएका छौँ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामाग्रीको साथसाथै सही पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ किनकि घरको लागिपाइपिङ भनेको शरीरको लागिनशा जस्तै हो । वायरसेफको उपलब्धता सँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षति कम हुने विश्वास गर्दछौँ ।’

मंगलमका सबै उत्पादनहरू उच्च गुणस्तरीय जापानी कच्चापदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छन् । नेपालकै सबैभन्दा ठूलो प्रयोगशालाभएको मंगलम् इन्डस्ट्रिजले नेपालमानिर्माण कार्यका लागिआवश्यक सबै पाइपतथा फिटिङ्स उत्पादनगर्दै आएको छ । मंगलमका हरेक उत्पादन उच्च गुणस्तरीय जापानीज कच्चापदार्थबाट अत्याधुनिकप्रविधिको प्रयोग गरी बनाइने गरेको इण्डस्ट्रिजले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी