×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सेबोन र नेप्सेमा सक्षम नेतृत्व चयन गरिएको छ, पूँजीबजारमा देखिएका समस्या समाधान हुन्छन्’ : अर्थमन्त्री (भिडियो रिपोर्ट)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पूँजीबजारमा देखिएका समस्याको विषयमा छलफल गर्नु भएको छ । बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पूँजीबजारमा देखिएका समस्याको विषयमा छलफल गर्नु भएको हो ।
पुँजीबजार सम्बन्धि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको कामकारबाहीले देखिने दावी गर्नु भयो ।
मन्त्री शर्माले भन्नुभयो,‘त्यो सबैको परिमाण के गरियो भने एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरुको काम कारबाहीबाट देखि ने छ ।’ हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: