काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचकमा १०१.०७ अंकको उछाल आएको हो । सो बढोत्तरीपछि नेप्से परिसूचक २६६७.९७ बिन्दुमा पुगेको हो । चैत महिनाका लागि बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेसंगै सेयर बजारले लय लिएको देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ३४ करोड ३६ लाख ५० हजार ९५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा ज्योति लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा कर्पोरेट डेभलपमेन्ट बैंक, इमजिङ्ग नेपाल कम्पनी, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, मन्जुश्री फाइनान्स, शिभम् सिमेन्ट, प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ३४ करोड ३६ लाख ५० हजार ९५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, आइसीएफसी फाइनान्स, नेपाल दुरसंचार कम्पनी, नेपाल लाइफ इन्योरेन्स, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर, हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, निफ्रा र पाँचथर पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा मेगा म्युचुअल फन्ड १ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ । मेगा म्युचुअल फन्ड १ मा यस्तो गिरावट आउँदा ८.७५ % प्राइम डिबेञ्जर २०८५, मेगा बैंकको प्रमोटर सेयरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्