काठमाडौं । । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एनआईसी एसिया बैंकबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच स्माट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालनसम्बन्धी उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यो सम्झौतापश्चात विभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायीहरुले एनआईसी एसिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन्।
ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ। विगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र एनआईसी एसियाबाीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्