काठमाडौँ । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश कुमार हमालले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन भइरहेकाे बताएका छन् । सोमबार सेबोनद्वारा आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा सबै तहहरूमा छलफल भइरहेकाे र एउटा माेडालिटी बनिरहेकाे उनले बताए । अध्यक्ष हमालले भइरहेका ब्राेकरहरूलाई कसरी क्यापेबल बनाउने र कुन माेडलबाट निर्णय लिँदा सबैलाई समान अवसर हुन्छ त्यही माेडल छनाेट गर्ने बताए ।
यस्तै अध्यक्ष हमालले आफूहरुले लगानीकर्ताको गुनासो सुन्ने एप छिट्टै बनाउने बताएका छन् । सो एपबाट उक्त कार्यकाे प्रकृया कहाँ पुग्याे, के भइरहेकाे छ भन्ने सबै कुराकाे जानकारी घरमै बसी माेबाइल र ल्यापटपबाट हेर्न सकिने उनले बताए ।
यस्तै उनले आफ्नो कार्यकालमा बुक बिल्डिङ विधिबारे कम्प्लेनसमेत गर्नुपर्ने अवस्था नआउने बताएका छन् । उनले बुक बिल्डिङ विधिकाे सबै नियमहरू अध्ययन गरेर राम्ररी बनाइएकाे हुनाले यसलाई खासै परिमार्जन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्