Skip to content
LAXMI SUNRISE BANK

अध्यक्षमा पाण्डेको उम्मेदवारीसङ्गै ४० वर्षपछी गाडियो ओझा टोलमा एमालेको झण्डा…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । आसन्न स्थानिय तहको चुनावमा धनगढी उपमहानगरपालिका वडा नं १४ मा नेकपा एमालेको बर्चस्व रहने देखिएको छ । वडाको अध्यक्षमा कृष्ण पाण्डेले उम्मेदवारी दिएसङ्गै वडाभरको राजनीतिमा अपेक्षित परिवर्तन देखिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नं १४ बि गाउँ स्थित ओझा टोलमा विगत ४० वर्षदेखि नेपाली काङ्ग्रेसको एकलौटी दबदबा रहदै आएको थियो । तर स्थानीय तह निर्वाचन २०७९ मा एमालेको सक्रिय टिमको आगमनसङ्गै नेपाली काङ्ग्रेसको दबदबालाई तोड्दै ओझा टोल नै एमालेमय भएको छ ।

वडा नं १४ को नयाँ टिममा युवा प्रतिनिधिको बढि उपस्थिति रहेको छ । युवामा लोकप्रिय कृष्ण पाण्डेको अध्यक्षतामा महिला खुल्ला सदस्य गौमती क्षेत्री, दलित महिला सदस्य मोतिसरा सुनार, खुल्ला सदस्य रामप्रसाद थारु र रमेश चौधरीले उम्मेदवारी दिएका छन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK