- सुदर्शन श्रेठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । निर्माण व्यवसायीलाई सरकारले अन्याय गरेको भन्दै कैलालीमा प्रदर्शन गरिएको छ । मंगलबार मुल्यवृद्धीसँगै म्याद थप सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संसोधनले निर्माण व्यवासायीको ढाड सेक्ने काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलाली र मुख्यमन्त्री कार्यालय अगाडी व्यवसायहिरुले धर्ना दिएका हुन् ।
धर्ना दिँदै निर्माण व्यवासायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रकाश सेठीले सरकारको यो हर्कतले आफुहरुलाई काम गर्न असहज भएको बताएका छन् । ‘मंसिरदेखीको मुल्यवृद्धीले हामीलाई घरखेत बेचेर काम गर्ने अवस्था सृजना गराएको छ’, उनले भने, ‘कन्सट्रक्सन होलिडे हाम्रो रहर होईन बाध्यता हो ।’ निर्माण व्यवसायीको हकमा बीमा कम्पनिले पनि आकाशिने गरी रेट बढाएर अन्याय गरेको सेठीले आरोप लगाएका छन् ।
नेपाल सरकारले म्याद थप खरिद नियमावली २०६४ मा ल्याएको एघारौँ संसोधन व्यवासायीमैत्री नभएको निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताएका छन् । ‘यो परिस्थितीमा निर्माण व्यवसायीले काम गर्न सक्दैनन्’, उनले भने, ‘समृद्ध विकासको कडीलाई सरकारले गिज्याएको छ जसको जवाफ स्वरुप हामी होलिडे मनाएका छौँ ।’ राज्यको विकास निर्माण गर्ने निर्माण व्यवसायीले हो तर घरखेत बेचेर काम गर्ने अवस्था नहुँदा घाटै भएपनि माग सम्बोधनका पक्षमा उभिने उपाध्यायले बताएका छन् ।
त्यस्तै आर्थिक संकटका समयमा सरकारले आफुहरुप्रति विभेदपुर्ण व्यवहार गरेको निर्माण व्यवसायी संघ सुदूरपश्चिम प्रदेश महासचिव लक्ष्मण स्वारले बताए । ‘जबसम्म मागको सम्बोधन हुँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ’, उनले थपे, ‘त्यति गर्दापनि नटेरे हामीसँग भएका गाडीघोडा सडकमा तेर्साउछौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्