- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी नेकपा एमालेले समुद्ध धनगढीका १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द र उपमेयर पदका उम्मेदवार कन्द्रकला रानाले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नगरप्रमुख पदका उम्मेदवार चन्दले समृद्ध धनगढीको सपना पुरा गर्नका लागी ५ वर्षसम्म तत्पर रहने बताएका छन् । ‘पछिल्लो ५ वर्षिय कार्यकालमा नेपाली कांग्रेसले नेतृत्व गरेको धनगढीको मुहार फेरिएन’, उनले भने, ‘जनताको अपेक्षा विपरितको गठबन्धनको विकल्प नेकपा एमाले नै हो ।’ स्थानीय तहको चुनाव आफु अनुकुल भएमा प्रतिबद्धतापत्र अनुसार कुनैपनि हालतमा जनताको अपेक्षा र सपना पुरा गर्ने चन्दले दाबी गरेका छन् ।
यता उपप्रमुख पदका उम्मेदवार कन्द्रकला रानाले पनि आफुहरुले सार्वजनिक गरेको प्रतिबद्धतापत्र पुर्णतया वैज्ञानिक रहेको बताएकी छिन् । अवको केहि दिनमा धनगढीको विकासका लागी तय गरिएको एजेण्डा जनताको हात हातमा पुर्याउने बताउँदै उनले त्यसको कार्यान्वयनका लागी हरदम तयार रहने प्रतिबद्धता गरेकी छिन् ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि रानाले पनि नेकपा एमालेले सार्वजनिक गरेको प्रतिबद्धता पत्र कागजमा मात्रै सिमित नरहने बताएका छन् । ‘लेखेर राख्नुस् एमालेले जे बोल्छ त्यो गरेर छाड्छ’, रानाले भने, ‘आउँदो निर्वाचनमा हामीलाई सहयोग गर्नुहोस् धनगढीबासीले देखेको समृद्ध शहरको सपना हामी पुरा गछौँ ।’
बिहिबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नीति, योजना र कानुन निर्माण, गुणस्तरीय शिक्षाको आधारः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार, निरोगी नेपालः स्वस्थ नेपाली, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी, उन्नत कुषिः किसानको समृद्धि, सहज आवागमनको आधारः दिगो यातायातको पूर्वाधार, आधुनिक उर्जाः उज्यालो पालिका, औद्योगिकरण र आर्थिक बृद्धिः स्वदेशमै रोजगारी सम्मान र समृद्धि, लैंगिक समानता तथा सामाजिक समावेशिकरण र सामाजिक सुरक्षा, युवा खेलकुद तथा मनोरञ्जन, भूमी तथा आवास व्यवस्थापन, मौलिकता र संस्कृतिः पर्यटनबाट समृद्धि, जलवायु अनुकुलन र विपद व्यवस्थापनः विकास र वातावरणबीच सन्तुलन, समुन्नत लोकतन्त्रको आधारः मेलमिलाप, न्याय र मानवअधिकार, आधुनिक विकासको आधारः सूचना तथा सञ्चार र अन्य क्षेत्र गरी १६ वटा कार्यक्षेत्र निर्धारण गरिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्