Skip to content
LAXMI SUNRISE BANK

कञ्चनपुरमा सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताबाट प्रथम हुँदै कैलालीले भित्रायो ८ ‘गोल्ड-मेडल’

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । राष्ट्रिय कराते प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै कैलालीले ८ गोल्ड मेडल प्राप्त गरेको छ । कञ्चनपुरमा सम्पन्न कृष्ण प्रसाद भट्टराई स्मृती राष्ट्रिय कराते प्रतियोगितामा प्रथम हुँदै कैलालीले प्रदेशभरमै सबैभन्दा धेरै गोल्ड मेडल प्राप्त गरेको हो ।

प्रदेशका ९ जिल्लाको सहभागितामा सम्पन्न प्रतियोगितमा सर्वाधिक ८ गोल्ड मेडल जित्दै कैलालीले प्रथम स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिती कैलालीका अध्यक्ष तथा प्रतियोगितका सहभागी ललित खत्रीले जानकारी दिए । त्यस्तै ६ गोल्ड मेडल प्राप्त गर्दै कञ्चनपुरले दोस्रो स्थान हासिल गरेको छ भने २ गोल्ड मेडल हात पार्दै दार्चुला प्रतियोगितको तेस्रो बनेको हो ।

गोल्ड मेडल हात पार्नेमा ५० केजी पुरुषतर्फ तपेन्द्र ठकुराठी, ५५ किलोतर्फ प्रदिप मगर, ६० किलो पुरुषतर्फ रोशन भाट, ६७ किलो पुरुषतर्फ आशिष धामी, ७५ किलो पुरुषतर्फ योगेश विष्ट, ८४ किलो पुरुषतर्फ धर्मेन्द्र रेग्मी, ८४ किलो प्लस पुरुषतर्फ लोकेश पार्कीले गोल्ड मेडल प्राप्त गरेका छन् । त्यस्तै महिला तर्फ ४५ किलोमा निशा थापा, ५० किलोमा रिया पुजारा, ६१ किलोमा सता एस.के, ६८ किलोमा सम्झना तिरुवा र ६८ किलो प्लसतर्फ दुर्गा महराले गोल्ड मेडल प्राप्त गरेकि छिन् ।

महिलातर्फ एकल कातामा वर्षा साउँद, महिला टिम कातातर्फ वर्षा साउँद, प्रेरणा वि.सी र रंजिता रावलले गोल्ड मेडल प्राप्त गरेका लछन् । त्यस्तै पुरुषतर्फ एकल कातामा ललित खत्री, पुरुष टिम कातातर्फ ललित खत्री, प्रदिप मगर र खडक मगरले गोल्ड मेडल प्राप्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK