Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा भिषण आगलागी हुँदा दर्जन बढी घर जलेर नष्ट

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा आगलागी हुँदा दर्जन बढी घरधुरी जलेर नष्ट भएका छन् । जिल्लाको कैलारी गाउँपालिका ७ मा रहेको विपतपुरमा आगलागी हुँदा दर्जन बढी घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकास जोशीले जानकारी दिएका छन् ।

आइतबार भिषण आगलागी भएको उक्त बस्तीमा अहिले स्थानिय प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेटक्वाटर, नेपाल प्रहरी तथा स्थानिय आगो नियन्त्रणमा जुटेको जोशीले बताए । ‘गहुँ काटेको खेतमा आगो लगाउने क्रममा हावाहुरीका कारण बस्तीमा आगो पसेको हो’, उनले भने, ‘२ वटा दमकलको सहायताले अधिकांश आगो नियन्त्रणमा आएको छ ।’

आगालागीबाट कुनै मानविय क्षती नभएको बताउँदै जोशीले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK