×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा भिषण आगलागी हुँदा दर्जन बढी घर जलेर नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीमा भिषण आगलागी हुँदा दर्जन बढी घर जलेर नष्ट

Artha Sarokar

११ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा आगलागी हुँदा दर्जन बढी घरधुरी जलेर नष्ट भएका छन् । जिल्लाको कैलारी गाउँपालिका ७ मा रहेको विपतपुरमा आगलागी हुँदा दर्जन बढी घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकास जोशीले जानकारी दिएका छन् ।

आइतबार भिषण आगलागी भएको उक्त बस्तीमा अहिले स्थानिय प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेटक्वाटर, नेपाल प्रहरी तथा स्थानिय आगो नियन्त्रणमा जुटेको जोशीले बताए । ‘गहुँ काटेको खेतमा आगो लगाउने क्रममा हावाहुरीका कारण बस्तीमा आगो पसेको हो’, उनले भने, ‘२ वटा दमकलको सहायताले अधिकांश आगो नियन्त्रणमा आएको छ ।’

आगालागीबाट कुनै मानविय क्षती नभएको बताउँदै जोशीले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी