×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा सशस्त्र प्रहरी बलद्धारा अवैध काठ बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीमा सशस्त्र प्रहरी बलद्धारा अवैध काठ बरामद

Artha Sarokar

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा सशस्त्र प्रहरी बलद्धारा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल खोनपुर र सब डिभिजन वन कार्यालय बसन्ताको संयुक्त टोलिले अवैध रुपमा तस्करी गरिरहेको अवस्थामा काठ बरामद गरेको हो ।

गाउँपालिकाको पवेरा सामुदायिक वन मनाउ छेउछाउमा रातीको समयमा तस्करी गरिरहेको अवस्थामा १ थान सालको गोलिया बरामद गरेको सशस्त्र प्रहरी बल खोनपुरले जनाएको छ । सशस्त्र प्रहरी बल खोनपुरका अनुसार गस्तीमा गएको टोलिले राती २ बजे डल्लफमा लोड गरि तस्करी गर्न लागेको अवस्थामा अवैध काठ भेटेको हो । अहिले गोरु सहित डल्लफमा लोड गरेको सालको १ थान गोलिया नियन्त्रणमा लिएको छ ।

सो भन्दा अगाडी कैलारी गाउँपालिका ६ बेनौलीबाट से.७.प १५४३ नम्बरको पल्सर बाईकमा लोड गरेको अवस्थामा २४ थान सालको फ्रेम प्रकाउ गरी सब डिभिजन कार्यालय बसन्तालाई जिम्मा सशस्त्र प्रहरी बल खोनपुरले जनाएको छ। त्यस्तै भारतिय सिमाना जोडिएको उक्त क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागी आफुहरुको उपस्थिति तथा सक्रियता तिव्र बनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी