- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । कैलालीमा साथी मार्टको ९५ औँ शाखाबाट सेवा सूरु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ८ स्याउले बजारमा मार्टको फ्रेन्चाईज शाखा सञ्चालन गरिएको हो ।
मार्टको उद्धघाटन गर्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले ग्रामिण क्षेत्रलाई मध्यनजर गर्दै मार्टले शाखा सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गरे । बेरोजगारीको समस्याले थुप्रै युवा विदेशिरहेका बेला युवाकै सक्रियतामा व्यवसायीक प्रवद्धन गर्नु स्वागतयोग्य काम रहेको देवकोटाले बताए । ‘यो क्षेत्र दुरीलेपनि मुख्य बजारभन्दा टाढा छ’, उनले भने, ‘मार्ट सञ्चालन हुँदा यहाँका नागरिकलाई दैनिक उपभोग्य सामान खरिदका लागि बाहिर जानुपर्दैन ।’
प्रदेशको अस्थायी राजधानी समेत रहेको गोदावरी नगरपालिकामा देशकै सबैभन्दा ठूलो सुपरमार्केट चेनको विस्तार गरेको साथी मार्टका सिईओ सागर पोखरेलले बताएका छन् । ‘देशका विभिन्न शहरहरुमा मार्टको शाखा विस्तार गर्ने क्रममा कैलालीमा ९५ औँ शाखा सञ्चालनमा ल्याएका छौँ’, उनले भने, ‘देशभर व्यवसायीक क्षेत्रलाई डिजिटलाईजेसन गर्ने हाम्रो उद्धेश्य हो ।’ आगामी आर्थिक वर्षभित्र मार्टको ३ सय शाखा विस्तार गर्ने बताउँदै पोखरेलले आउँदो ५ वर्षमा १ हजार शाखा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् ।
यता गोदावरी नगरपालिका ८ का अध्यक्ष नरेश अधिकारीले वडाबासीले ताजा र गुणस्तरिय सामानको सहज उपभोग गर्न पाउने बताएका छन् । ‘प्राय आजभोली अधिकांश ग्रामिण क्षेत्रमा झुक्याएर म्याद गुज्रिएका सामाग्री बेच्ने गर्छन’, उनले भने, ‘तर व्यवस्थित रुपमा मार्ट नै सञ्चालनमा आएपछि उक्त समस्या हल हुन्छ ।’
झण्डै १ करोडको लगानीमा सञ्चालन गरिएको मार्टको उक्त शाखामा अहिले ६ जना कर्मचारी रहेका छन् । युवाहरुलाई रोजगारी दिनेसँगै ग्रामिण क्षेत्रमा व्यवसायीक प्रवद्धन गर्ने उद्धेश्यले मार्ट सञ्चालनमा ल्याएको मार्टका सञ्चालक बिक्कि ओझाले बताए । ‘मार्टमा खाद्यान्न, लुगाकपडा, कस्मेटिक, पेय पदार्थ, स्टेशनरी लगायतका सामान उपलब्ध छन्’, उनले भने, ‘आवश्यकताका आधारमा मार्टको संरचना र स्वरुप पनि परिवर्तन गर्नेछौँ ।’
त्यस्तै मार्टका अर्का सञ्चालक सोवी रानाले स्थानिय स्तरको माग र आवश्यकतालाई मध्यनजर गर्दै मार्ट सञ्चालनमा ल्याएको बताएका छन् । मार्ट सञ्चालनमा थुप्रै चुनौती आएतापनि भविष्यमा यसको प्रभावकारिता अझै बढेर जानेमा रानाले विश्वास व्यक्त गरेका छन् ।
२०७७ सालमा साथी मार्ट एन्ड कर्पोरेट प्रालिका नामले काठमाण्डौंबाट संचालनमा आएको मार्टले हाल सुदूरपश्चिममा मात्रै ५ वटा शाखा विस्तार गरेको छ । जसमा ३ वटा शाखा धनगढी, १ शाखा दार्चुला र १ शाख स्याउलेमा संचालनमा आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्