Skip to content
LAXMI SUNRISE BANK

कैलाली र कञ्चनपुर बाहेक सुदूरका ७ जिल्लामा टुंगो लाग्यो एमालेको उम्मेदवार…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । सुदूरपश्चिमका सात जिल्लामा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । बझाङ, बाजुरा, डोटी, दार्चुला, डडेल्धुरा, अछाम र बैतडीमा उम्मेदवारको टुंगो लागेको एमाले प्रदेश कमिटीले जानएको छ ।

बाँकी कैलाली र कञ्चनपुरमा मात्रै उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ।आइतबार सबै पालिकाका उम्मेदवार छनोट गरेर  सोमबार मनोनयन दर्ता गर्ने नेकपा एमाले सुदूरपश्चिम कमिटीले जनाएको छ। कैलालीको  धनगढी उपमहानगरपालिकामा मेयरका लागि रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारूलाई उम्मेदवार बनाउने निश्चित भएको छ।

अब जिल्लाका १२ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ । एमालेले उता कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK