×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनतामाझ लोकप्रिय बन्दै पाण्डे, परिवर्तनका लागी आफूसहितको टिमलाई जिताउन आग्रह…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जनतामाझ लोकप्रिय बन्दै पाण्डे, परिवर्तनका लागी आफूसहितको टिमलाई जिताउन आग्रह…

Artha Sarokar

१७ बैशाख २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनका लागी धनगढीमा विभिन्न पार्टीहरुले प्रचारप्रसारको गतिविधि तिव्र छ । यसैबीच नेकपा एमालेका तर्फबाट धनगढी उपमहानगरपालिका वडा नं १४ मा अध्यक्ष पदका उम्मेदवार कृष्ण पाण्डेको लोकप्रियता बढेको देखिन्छ ।

चुनावी प्रचारप्रसारमा रहेका युवा नेता पाण्डेको समर्थनमा युवाहरुको उपस्थिति बाक्लै देखिन्छ । युवासँगै वृद्धवृद्धाकोपनि साथ पाएका पाण्डेको जितको विषयमा धेरैको आंकलन जितकै पक्षमा देखिन्छ । घरदैलो अभियानमा रहेका पाण्डेले जनतामाझमा आफूसहितको टिमलाई अत्याधिक मतले बिजयी गराउन समेत आग्रह गरेका छन् ।

वडा नं १४ मा अध्यक्ष पदका लागी कृष्ण पाण्डे, महिला सदस्यमा गौमति क्षेत्रि, दलित महिला सदस्यमा मोतिसरा सुनार, खुल्ला सदस्यमा रामप्रसाद थारु र रमेश चौधरीको उम्मेदवारी रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी