सुदूरपश्चिम । झण्डै पाँच किलोमिटरको दूरीको सडक खण्डमा बसमा यात्रा गरिरहेका एक यात्रुसँग सहचालकले रु चालिस भाडा मागेपछि उनले गन्तव्यमा नपुग्दैबीच बाटोमै उत्रिए । पूर्वपश्चिम राजमार्गको महेन्द्रनगरदेखि अत्तरिया सडक खण्डमा मङ्गलवार चलेको ना ४ ख ६१७५ नम्बरको उक्त बसका सहचालकले गुलरिया बजारवाट झण्डै पाँच किलोमिटरको दूरीमा रहेको अत्तरिया चोकसम्म तोकिएको भन्दा बढी चालिस रुपैया भाडा मागेपछि आफूबीच बाटेमै झर्न वाध्य हुनुपरेको पीडित यात्रुले गुनासो दिए ।
“पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै बस व्यवसायीले पछिल्ला दिनमा आफूखुशी भाडा लिइरहँदा पनि यात्रुलाई परेको मर्का बारे सोचिदिने कोही छैन,” बाटोमै अलपत्र अवस्थाम भेटिनुभएका यात्रु महेश खत्रीले भने , “गुलरियादेखि अत्तरिया चोकसम्म बसमा हालसम्म रु २० भाडा लाग्ने गरेकोमा सहजकर्ताले आफूसँग डबल भाडा मागेपछि भाडा दिन नसकी गन्तव्यमा पुग्न नपाउँदै झर्न वाध्य भए ।” गुलरिया चोकमा रोकिएको सो बसका चालक र सहजकर्ताले धनगढी जाने भन्दै आफूलाई बसमा चढ्न दिएपनि यात्राका क्रममा बस अत्तरियासम्म मात्र जाने भनेर ठगिरहेको र भाडा पनि तोकिएभन्दा बढी मागिएको उनले बताए ।
गुलरिया चोकदेखि दुई किलोमिटर पूर्वतर्फ पर्ने गज्रौला चोकमा बसवाट झर्दा आफूवाट सहजकर्ताले खुद्रा पैंसा नभएको बहनामा भाडा वाफत् रु दश लिनुपर्नेमा रु बीस लिने प्रयास गरेको गुनासो पनि उनले गरे । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बहानामा खास गरी छोटो दूरीमा चल्ने बस लगाएतका सवारी साधनले पछिल्ला दिनमा मनोमानी ढङ्गले भाडा लिन थालेपछि समस्या झेल्नुपरेको यात्रुले बताएका छन् । छोटो दूरीमा चल्ने कतिपय सवारी साधनले भाडा लिइसकेपछि यात्रुलाई टिकट उपलब्ध नगराउँदा सम्बन्धित निकायमा उजुरीसमेत गर्न कठिनाई भइरहेको पीडित यात्रुको अनुभव छ ।
छोटो दूरीमा चल्ने बसका कतिपय यात्रुमा तोकिएको भाडा दिएर पनि टिकट माग्ने बानी नभएको र बसका सहजकर्तामा पनि यात्रुले मागेको टिकट नदिने प्रवृत्ति रहेको कारण पनि यात्रुले बेलाबखत सास्ती खेप्नु परेको बताइन्छ । “भाडा दिएपछि यात्रुले टिकट माग्दा सहजकर्ताले छैन भन्ने जवाफ दिन्छन्,” धनगढीमा भेटिनु भएका बसका यात्री नेत्रराज जोशीले बताए । “भाडा लिने सवालमा यातायात व्यवसायीको मनोमानी बढ्दा यात्रुमा परेको मर्काप्रति कोही जिम्मेवार देखिँदैन ।” महाकाली यातायात ब्यावसायी समितिका अध्यक्ष डम्मर पन्तले भने आफूखुशी भाडा लिएको बारे आफूलाई जानकारी नभएको दावी गर्दै सरकारले तोकेको भाडादरभन्दा बढी भाडा यात्रुवाट लिन नपाइने बताए ।
“तोकिएभन्दा बढी भाडा माग्ने माथि कारवाही गर्न नजिकको प्रहरी कार्यालय र यातायात कार्यालयमा उजुरी गरे सम्बन्धित माथि ठगि मुद्दा लगाउन सकिन्छ,” पन्तले भने , “कति भाडा दिनुपर्छ भन्ने बारेमा यात्रुलाई पनि जानकारी राख्न जरुरी हुन्छ ।” पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सरकारले हालै सार्बजनिक सवारीका साधनको साविकको भाडा दरमा ११ प्रतिशतकाले वृद्धि गरेको उनले बताए । —रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्