×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भोजपुरबाट कैलाली आएकी २२ वर्षिया युवती मृत फेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भोजपुरबाट कैलाली आएकी २२ वर्षिया युवती मृत फेला

Artha Sarokar

१७ बैशाख २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीको एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको लम्कीचुहा नगरपालिका ३ स्थित धमला होटेलमा शनिबार एक युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भोजपुर घर भएकी अन्दाजी २२ वर्षीया रोशनी राई मृत फेला परेकी हुन् । गयराती बेलुकी ८ बजे होटेलमा ईन्ट्री गरेकी उनको बिहान अबेरसम्म ढोका नखुलेपछि कोठामा जाँदा झुण्डिएको अवस्थामा होटलका कर्मचारीले देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकास जोशीले बताए । भोजपुर घर भएकी मृतक राईको परिवारमा खबर गरी पोस्र्टमाटमका लागी शव सोती प्रादेशिक अस्पतालमा पठाएको जोशीेले जानकारी दिएका छन् ।

मृतक राई धमला होटेलको दोस्रो तलास्थित कोठा नम्बर २०९ मा मृत फेला परेकी थिईन । घटनाको कारण भने खुल्न नआएको बताउँदै जोशीले थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी