×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शनिबारको सुर्योदयसँगै सूरु भयो धनगढीमा एमालेको घरदैलो अभियान, यस्तो छ दिनभरको कार्यतालिका

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शनिबारको सुर्योदयसँगै सूरु भयो धनगढीमा एमालेको घरदैलो अभियान, यस्तो छ दिनभरको कार्यतालिका

Artha Sarokar

१७ बैशाख २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । शनिबार धनगढीको मिलनचोकबाट नेकपा (एमाले)को घरदैलो अभियान सुभारम्भ गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागी एमालेका तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारसहितको टिम कार्यक्रममा हिँडेको हो ।

शनिबार बिहानको निर्वाचन कार्यतालिका अनुसार ७ः३० देखी ११ः३० बजेसम्म धनगढी उपमहानगरपालिका ३ मिलनचौक, विरेन्द्र टोल, कालिकानगर, विशालनगर, चटकपुर, बोराडाडी र डिलाशैनीमा घरदैलो कार्यक्रम आयोजना गरिनेछ । त्यस्तै कार्यक्रमको दोस्रो चरण अन्तर्गत दिउँसो २ बजेदेखी साँझ ७ बजेसम्म वडा नम्बर १३ को हिमाली टोल हुँदै लक्ष्मीनगर, दुर्गा टोल र कालिका टोलमा कैलालीको शिवमन्दीरमा कार्यक्रम गरिनेछ ।

घरदैलो कार्यक्रममा नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्द, उपप्रमुख पदका उम्मेदवार कन्द्रकला राना, पार्टीका पोलिटब्युरो सदस्य तथा कैलाली ईन्चार्ज नारदमुनी राना, प्रदेश सचिव धर्मराज पाठक, प्रदेश सदस्य जिवन बम, जिल्ला उपाध्यक्ष दुर्गा जोशी लगाएतको उपस्थिति रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी