- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीमा अधुरो वडा कार्यालयको भवन उद्धघाटन गरिएको छ । स्थानिय निर्वाचन नजिकिएसँगै श्रेय लिने होडबाजीमा शुक्रबार निर्माणाधिन अवस्थामा रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को नयाँ भवन र स्वास्थ्य कार्यालयको भवन उद्धघाटन गरिएको हो ।
निर्माणाधिन वडा कार्यालयको ८० प्रतिशत काम सम्पन्न भएको वडा अध्यक्ष रामबजारी चौधरीले बताएका छन् । ‘झ्याल ढोकामा ग्रिल लगाउने र सेफ्टि ट्याङ्कि राख्न बाँकी नै छ’, उनले भने, ‘सो काम सकिने बित्तिकै सम्भवत् सोमबार सम्ममा नयाँ भवनबाट सेवा दिन्छौँ ।’
प्राविधिक समस्याका कारण भवन निर्माणमा ढिलासुस्ति भएको बताउँदै अध्यक्ष चौधरीले निर्माणको २० प्रतिशत काम बाँकी रहेको बताए । ‘स्थानिय निर्वाचन नजिक छ, आचारसंहिता लागु भएपछि उद्धघाटन गर्न पाउदैनौँ’, उनले थपे, ‘आफ्नो कार्यकालमा बनेको भवन अरुलाई उद्धघाटन गर्न किन दिने ? त्यसैले आफै उद्धघाटन गरेका हौँ ।’
नगरपालिकाको समपुरक कोषबाट निर्माण भएको वडा कार्यालयको भवन धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडले उद्धघाटन गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्