धनगढी । सुदूरपश्चिमकी उदीयमान गायिका दीपिका धानुकको पहिलो गीत सार्वजनिक भएको छ । बैतडी स्थायी घर भएकी १९ वर्षीया धानुकको आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी गीत सार्वजनिक भएको हो ।
बिहीबार उनले आफ्नो ‘एमाले ल्याउनु छ’ बोलको चुनावी गीत सार्वजनिक भएको बताइन् । सानैदेखि गायनमा रुची राख्ने धानुकले यो आफ्नो पहिलो प्रयास भएको बताएकी छन्। गीतमा नेकपा एमालेको राजनीतिक इतिहास र लोकप्रियता समेटिएको छ। हरिश धानुकको संगित तथा लय रहेको उक्त गीतमा दीपिका र गायक शेर विष्टको आवाज रहेको छ ।
यस्तै आगामी दिनहरुमा नयाँ फरक र सुदूरपश्चिमको संस्कृती झल्काउने गीतहरु समेत ल्याउने उनको भनाइ छ । धानुक कानूनको विद्यार्थी पनि हुन्। उनी कैलाली बहुमुखी क्याम्पसमा बिएएलएलबी प्रथम सत्रमा अध्यनरत छन् । भिडियो हेर्न तलाको लिंकमा क्लिक गर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्