×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा दिदीबहिनी बचत तथा ऋण सहकारीले गर्यो स्वास्थ्य बीमामा सहयोग

काठमाडौँ । ६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ ।
सहकारीले सञ्चालन गरेको मुठ्ठीदान अभियानमार्फत बेनी नगरपालिकाका अतिविपन्न १० महिलालाई स्वास्थ्य बीमाबापतको रकम सहयोग गरेको हो । बीमाबापत प्रतिव्यक्ति रु तीन हजार ५०० का दरले रु ३५ हजार आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योति लामिछानेले जानकारी दिनुभयो । एक वर्षका लागि स्वास्थ्य बीमाबापतको उक्त रकम सहकारीका अध्यक्ष लामिछाने र जिल्ला सहकारी सङ्घ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले प्रदान गर्नुभएको थियो ।
स्वास्थ्य बीमाबापतको रकम पाउनेमा सो नगरपालिकाभित्रका विपन्न महिला उमादेवी किसान, माया सार्की, सुन्तली दमाई, शान्ति किसान, सुनमाया किसान, सुकमाया किसान, विस सार्की, अस्मिता पुन, बालकुमारी कामी र तिलकुमारी कार्की रहनुभएको छ ।
सोही अवसरमा बेनपा–१, रत्नेचौर निवासी क्यान्सरपीडित सेती विक र बेनपा–९, घतान निवासी गौमती विकलाई पनि उपचारका लागि जनही रु पाँच हजार ५५५ को दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
सहकारीमा आबद्ध दिदीबहिनीको सहयोगमा स्थापित मुठ्ठीदान अभियानबाट सङ्कलन गरिएको रकमले सानो भए पनि महिलालाई उपचारमा राहत मिलोस् भन्ने उद्देश्यसहित आर्थिक सहयोग हस्तान्तरण गरिएको उहाँको भनाइ छ । महिलाको मात्रै लगानी र व्यवस्थापनमा बेनीमा सञ्चालित दिदीबहिनी सहकारीले सामाजिक कार्यका रुपमा मुठ्ठीदान अभियानलाई निरन्तररुपमा सञ्चालन गर्दै आइरहेको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: