×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विभिन्न कार्यक्रम गरी ६५औं सहकारी दिवस मनाइँदै

काठमाडौँ । ६५औं सहकारी दिवसको अवसरमा आज आइतबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारी अभियन्ता, सहकारीकर्मी तथा विभिन्न सहकारी संघ संस्था र तिनका छाता संगठनहरुले आज विशेष कार्यक्रम गरी ६५औं सहकारी दिवस मनाइरहेका छन् । सहकारी दिवसकै अवसर पारेर भूमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागले विशेष कार्यक्रम गर्दैछ ।
यता सहकारी संघ संस्थाको छाता संगठन ‘राष्ट्रिय सहकारी महासंघ’ ले भने अघिल्लो दिन अर्थात् शनिवार नै दिवसबारे विशेष कार्यक्रम गरेको छ । वि.सं २०१३ साल चैत २० गते चितवनको शारदा नगरमा बखान बहुद्देश्यीय सहकारी संस्था आधिकारिक रुपमा स्थापना भएदेखि सोही दिनलाई सहकारी दिवसको रुपमा मनाउन थालिएको हो ।
६५औं सहकारी दिवससम्म आइपुग्दा देशभर २९ हजार ८८६ ओटा प्रारम्भिक सहकारी संस्था पुगेको विभागको तथ्यांकले देखाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: