×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्वाचन आयोगको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्वाचन आयोगको निर्देशन

Artha Sarokar

६ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई शपथ नगराउन निर्देशन दिइएको हो । तत्कालीन वडा नं २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएका थिए ।

नेपाली कांग्रेसबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएका जनप्रतिनिधि चुनिएपछि शपथ के गर्ने भन्ने अन्योल रहेकै बेला आयोगले उनीहरूको मुद्दा विचाराधीन रहेको पत्र पठाउनाका साथै शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएका थिए । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी