×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अब नारदमुनी रानासङ्ग धनगढीमा चुनाव लड्न आरजु होईन शेर बहादुर देउवा आउनुपर्छ’ –लिला भण्डारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘अब नारदमुनी रानासङ्ग धनगढीमा चुनाव लड्न आरजु होईन शेर बहादुर देउवा आउनुपर्छ’ –लिला भण्डारी

Artha Sarokar

२५ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी । नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज लिला भण्डारीले नेकपा एमालेको प्रतिस्पर्धी अब धनगढीमा कोहि नभएको बताएकी छिन ।

शनिबार धनगढी १६ घसिटा गाउँमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै भण्डारीले गठबन्धको विकल्प नेकपा एमाले मात्रै भएको बताईन । ‘आरजु राणाले त अब धनगढीमा मुख नदेखाएपनि हुन्छ’, उनले भनिन, ‘धनगढीमा नारदमुनी रानासङ्ग चुनाव लड्न अब शेर बहादुर देउवा आउनुपर्छ ।’ त्यस्तै भण्डारीले अव धनगढीवासीले विकास खोजेको भन्दै समृद्धीको यात्रा नेकपा एमालेले तय गर्ने समेत बताएकी छिन् ।

चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले बैशाख ३० गतेको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा नेकपा एमालेका सम्पुर्ण उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरि अत्याधिक बहुमतले विजयी गराउन समेत आग्रह गरेकी छिन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी