Skip to content
LAXMI SUNRISE BANK

‘अब नारदमुनी रानासङ्ग धनगढीमा चुनाव लड्न आरजु होईन शेर बहादुर देउवा आउनुपर्छ’ –लिला भण्डारी

अर्थ सरोकार

धनगढी । नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज लिला भण्डारीले नेकपा एमालेको प्रतिस्पर्धी अब धनगढीमा कोहि नभएको बताएकी छिन ।

शनिबार धनगढी १६ घसिटा गाउँमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै भण्डारीले गठबन्धको विकल्प नेकपा एमाले मात्रै भएको बताईन । ‘आरजु राणाले त अब धनगढीमा मुख नदेखाएपनि हुन्छ’, उनले भनिन, ‘धनगढीमा नारदमुनी रानासङ्ग चुनाव लड्न अब शेर बहादुर देउवा आउनुपर्छ ।’ त्यस्तै भण्डारीले अव धनगढीवासीले विकास खोजेको भन्दै समृद्धीको यात्रा नेकपा एमालेले तय गर्ने समेत बताएकी छिन् ।

चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले बैशाख ३० गतेको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा नेकपा एमालेका सम्पुर्ण उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरि अत्याधिक बहुमतले विजयी गराउन समेत आग्रह गरेकी छिन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK