Skip to content
LAXMI SUNRISE BANK

कञ्चनपुरकी महिला उम्मेदवार बोहोराको दाबी – ‘मेरो कार्यकालमा समृद्ध नगरको सपना पुरा गर्छु…’

अर्थ सरोकार

कैलाली । आसन्न स्थापना चुनाबमा नेकपा एमालेको तर्फबाट बेलौरि नगरपालिका नगरप्रमुख पदकी उम्मेद्वार कमला बोहोराले आफुलाई जनताले विश्वास गरेर चुनाव जिताए आफु सदैब जनताको काममा लागिरहने बताएकी छिन ।

‘बेलौरी नगरपालिकामा पछिल्लो नेतृत्वले समृद्धीको सर्वव्यापी मान्यतालाई लत्याएको छ’, बाहोराले भनिन्, ‘पाँच वर्षमा ढलेको सिंको उठाउन नसक्नेले नागरिकका समस्या समाधान गर्छ भन्ने सोच्नु मुर्खता हो ।’ तर नगरवासीले अहिले विकाको आधार खोजिरहेको बताउँदै उनले समृद्धीको एउटै विकल्प नेकपा एमाले रहेको समेत दाबी गरेकी छिन् । उनले थपिन्, ‘यसपाली हामीलाई अवसर दिनुहोस् नगरपालिकामा विकासको मुल फुटाउछौँ ।’

त्यस्तै भारतिय भुमिसँग सिमा जोडिएको बेलौरी नगरपालिकामा जितप्रश्चात युवा स्वरोजगारको विषयलाई मुख्य प्राथामिकतामा राख्ने बोहोराले प्रतिबद्धता व्यक्त गरेकी छिन् । ‘बेरोजगारी अवस्थाको तथ्यांक संकलन, सूचना प्रणाली विकास एवं रोजगार सूचना केन्द्रलाई व्यवस्थापन गरिनेछ’, उनले भनिन्, ‘भारत लगायतका विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोगका लागी उत्पादनमूलक उद्योग तथा उद्यममा लगानी गरि स्वदेशमा रोजगारी दिने व्यवस्था मिलाउछौँ ।’

भारतमा काम गर्न जाने कामदारको तथ्यांक राख्ने व्यवस्था, कल्याणकोष र विमाको व्यवस्था लागु गरिने विषय समेत आगामी पाँच वर्षिय घोषणा पत्रमा उल्लेख गरिएको छ । सिमा क्षेत्रमा रहेका जग्गााधनीहरु बैंकिगं सुविधाबाट वञ्चित रहेको बताउँदै बोहोराले आफ्नो कार्यकालमा बैंकिग ऋणको व्यवस्थालाई सहज बनाउने प्रतिबद्धता गरेकी छिन् । उनले भनिन्, ‘नगर भित्रका सबै जातजाती तथा समुदायको परम्परागत प्रविधि तथा सिपहरुलाई व्यवसायिकरण गरिनेछ ।’

मुक्त कमैयालाई आत्मनिर्भर बनाउन आवश्यक नीति अवलम्बन गरिने र प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ शैयाको अस्पताकाले स्तरोन्नती गरि आधुनिक उपकरण, दक्ष चिकित्सक र जनशक्तिको व्यवस्थापन सहितको गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्ने बोहोराले बताईन । स्वास्थ्य सेवाका विषयमा बोल्दै उनले आवश्यक पूर्वाधार, संयन्त्र, चिकित्सक तथा जनशक्ति र स्रोतको व्यवस्थापन गर्दैे नगरक्षेत्रमा सुविधा सम्पन्न छुट्टै सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरि कोरोना जस्ता महामारी नियन्त्रण गरिने र महिलाहरुको प्रजनन् स्वास्थ्य अधिकार सुरक्षामा सहयोग पुग्ने गरि सुरक्षित मातृत्व र आङ्ग खस्ने रोग लगायतका समस्या हल गर्न अस्पताल र स्वास्थ्य चौकीहरुमा सुरक्षित प्रसुति सहितको नियमित स्वास्थ्य जाच तथा उपचारको व्यवस्था मिलाईने बताएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK