कञ्चनपुर । जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ ।महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएर निर्वाचन अधिकृत लगायत कर्मचारी तीन सय ४१ मतदान केन्द्रमा मतपत्र र मत पेटिका लगायतका निर्वाचन सामग्री सहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृत सहितका कर्मचारी पुगेर निर्वाचन सम्बन्धी काम अघि बढाइ सकिएको जानकारी दिए ।
“मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन्”, उनले भने, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।” उनका अनुसार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनी निवेदन दिएकालाई परिचयपत्र वितरणको कार्य भइरहेको छ । तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाश गर्ने, मादक पदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेका छन् । कार्य विभाजन गर्ने र निर्वाचन प्रतिनिधिको नियुक्ति गर्नेलगायतका कार्यसमेत अगाडि बढाइएको छ ।
जिल्लामा रहेको नौवटा पालिका रहेको कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन् । जसमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ रहेका छन् । हरेक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटिएका छन् । जिल्लाभरिका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन् । १३२ निर्वाचनस्थलमा ३४१ मतदान केन्द्र रहेका छन् ।निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए। प्र.जि.अ. पाण्डेका अनुसार निर्वाचन सुरक्षाका लागि कञ्चनपुरमा झण्डै तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ ।
यसैगरी प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताए । भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न गराउन भरपर्दोरुपमा सुरक्षाकर्मीलाई खटाइएको उनले बताए । उनका अनुसार म्यादी प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्वाचनको सुरक्षाका लागि खटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँग समन्वय गरेर निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निभाउनका लागि कार्य गरेको उनको भनाइ रहेको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्