कञ्चनपुर । भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाका परिवारलाई रु. पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराएका छन् ।
कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनका लागि जिम्मेवारी दिइने निर्णय गरिएको बताए ।
“मुख्यरूपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ”, उनले भने, “त्यसबाहेक निर्वाचनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनेलगायतका निर्णय गरिएका छन् ।” बालिकामाथि हिंसा भएको घटना बाहिर आएपछि आफन्तले प्रहरीलाई खबर गरेपछि हिंसामा संलग्न स्थानीय दिनेश मालीले घरभित्रै झुण्डिएर आत्महत्या गरेका थिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्