धनगढी । धनगढी उपमहानगरपालिकाको नेतृत्व गरेको नेपाली कांग्रेसले पाँच वर्षको कार्यकालमा धनगढीलाई नगरपालिका नभएर नरकपालिका बनाएको नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनी रानाले आरोप लगाएका छन । धनगढी ७ बेलिमा आयोजना गरिएको चुनावी भेलालाई सम्बोधन गर्दै रानाले अहिलेको स्थानिय सरकार विकासका सवालमा फेल भएको बताएका छन् । नेपाली कांग्रेसले पछिल्लो पाँच वर्षमा धनगढीको यथोचित विकासका लागी माखो मार्ने काम समेत गरेन, उनले भने, केन्द्रीय सरकारमा केपि ओलि नभएको भए धनगढीका बाटाहरु टुहुरो हुनेथिए ।
त्यस्तै संघिय बजेटमा सम्पन्न गरिएका योजनालाई श्रेय पाउने होडबाजीमा वर्तमान सरकारले भ्रामक अफवाह फैलाउने काम गरेको रानाले बताएका छन । त्यस्तै स्वतन्त्र उम्मेद्वारका नाममा केही व्यक्तीहरुले विकास र समृद्धिको झुठो आश्वासन दिइरहेको पनि रानाले बताए । सिजन आँपको भएपनी काँचै छ, रानाले थपे, काँचो आँपको अस्तित्व केहिदिनमा एमालेको हावाहुरीले तय गर्छ। त्यस्तै रुख र आँपबाट समृद्ध धनगढीको परिकल्पना गर्न नसकिने बताउँदै रानाले यसपालिको निर्वाचनमा विकासको आधार तय गरेको नेकपा एमालेलाई जिताउन समेत आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्