×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसको चौधरी निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसको चौधरी निर्वाचित

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का लाजुराम चौधरीले छ हजार ४३० मत प्राप्त गरेका हुन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवती कुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेका छन् भने उनकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत प्राप्त गरेकी छिन् ।

३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेका थिए । यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक एकदेखि ९ नंं वडासम्म पूरै प्यानलसहित कांग्रेसले विजयी हासिल गरेको छ । – रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी