धनगढी । कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार चक्रबहादुर बोगटी निर्वाचित भएका छन् । एमालेका उम्मेदवार बोगटीले तीन हजार ३०५ मत ल्याएका छन् । उनका निकट्तम प्रतिस्पर्धी सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार लोकबहादुर सारुमगरले तीन हजार २८१ मत ल्याएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापाले तीन हजार ४४९ मत ल्याएर निर्वाचित भएकी छिन्। यसैगरी निकटतम प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउदले तीन हजार १२१ मत पाएकी छिन् । साथै छ वटा वडा रहेको यो गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसले वडाध्यक्ष र अन्य सबै वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्