Skip to content
LAXMI SUNRISE BANK

‘कांग्रेसभित्र चलेको अवसरवादको हुरीमा सास फेर्न सकिन’, -नेपाली

अर्थ सरोकार

धनगढी । कैलालीमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । दिनप्रतिदिन एमाले प्रवेश गर्नेको लर्को लागिरहँदा सोमबार नेपाली कांग्रेसका क्रियाशिल सदस्य समेत रहका रोहित कुमार नेपालीले पार्टी परित्याग गरि नेकपा (एमाले)मा प्रवेश गरेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नं १ पशुपति टोलका नेपालीले नेकपा (एमाले)को सिद्धान्त र मार्गदर्शनलाई आत्मसाथ गर्दै पार्टी प्रवेश गरेको बताए । ‘लामो समय नेपाली कांग्रेसमा रही योगदान गरेको हुँ’, उनले भने, ‘पार्टीभित्र चलेको अवसरवादको हुरीमा सास फेर्न सकिन त्यसैले पार्टी परित्याग गरेको हुँ ।’

सोमबार नेकपा (एमाले)को धनगढीस्थित मनमोहन स्मृति भवनमा पार्टीका प्रदेश कमिटी सदस्य जिवन बम र राजेश खाती र नगर कमिटी अध्यक्ष रामचन्द्र जोशीले टिका र खादा लगाएर नेपालीलाई पार्टीमा स्वागत गरेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK