×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा खुल्यो १५ करोडको लगानीमा अत्याधुनिक ‘अत्तरिया अस्पताल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीमा खुल्यो १५ करोडको लगानीमा अत्याधुनिक ‘अत्तरिया अस्पताल’

Artha Sarokar

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीको अत्तरियामा अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालनमा आएको छ । अत्तरिया चोक नजिकै महेन्द्रनगर रोडमा १५ करोडको लगानीमा अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालनमा आएको हो ।

सोमबार हस्पिटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अत्तरिया हस्पिटलका प्रमुख डा. आन्नद पाठकले सुदूरपश्चिमका ७ पहाडी जिल्ला र तराई २ जिल्लाका नागरिकलाई केन्द्रित गरी प्रदेशमै गुणस्तरीय सेवा दिने उदेश्यका साथ २४ घण्टा सेवासहित अत्तरियामा अत्तरिया हस्पिटलले सेवा सुचारु गरेको जानकारी दिए ।

अस्पतालमा ईसिजी मेशिन, डिजिटल एक्सरे, अत्याधुनिक ल्याव, भेन्टिलेटर, आईसियु । एनआईसियु, आकस्मिक उपचार कक्ष, हाडजोर्नी तथा स्पाइनल शल्यक्रिया, शल्यक्रियासहितको प्रसूति सेवा, सिटी स्क्यान, दूरबिनबाट पत्थरी, एपेन्डीक्स,हर्निया हाइड्रोसिल लगायतको सम्पूर्ण शल्यक्रिया, लगायतका सेवा र आफ्नै फार्मेसीसहितका सेवा रहेको अस्पतालले जनाएको छ ।

हस्पिटलमा १० जना अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा दिई रहेका छन् । हाल हस्पिटलले १५ बेडको स्वीकृती लिएको र १०० बेड सम्मको भौतिक संरचना बनाइएको हस्पिटलका प्रमुख डा. पाठकले बताए ।

केही समयपछि थप सेवा बिस्तार गरिने पनि बताए । बिरामी अन्यत्र जानू पर्ने समस्यालाई केन्द्रिय गरेर एउटै हस्पिटलबाट सबै प्रकारका स्वास्थ सेवा दिने गरि हस्पिटलले सेवा बिस्तार गर्ने लक्ष्य रहेको हस्पिटलका प्रमुख डा. पाठकले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी