×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु…

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको धनगढीमा पर्ने मोहोना नदीमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा वडा नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता रहेका छन् ।

दुबै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी