×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा निर्वाचनको तयारी पूरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलालीमा निर्वाचनको तयारी पूरा

Artha Sarokar

२९ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । कैलालीमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृत मतदान केन्द्रमा बुधबारै पुगिसकेका र मतदान केन्द्रमा तयारी सम्पन्न गरेका जानकारी दिए । “मतदान केन्द्रमा सबै कर्मचारी पुगेर काम थालेका छन् । मतदान गर्न जाने व्यक्तिले आफ्नो मतदाता परिचयपत्र लिएर मत हाल्न जानुपर्छ । मतदाता नामावलीमा नाम छ तर मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको आधारमा पनि मत हाल्ने प्रबन्ध गरिएको छ”, प्रमुख भट्टले भने, “कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र तोकिएका छन् ।”

मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटिएका छन् । “स्थानीय तह निर्वाचनलाई मर्यादित बनाउन सबै जिम्मेवार बन्नुपर्छ । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि चुन्नसमेत मतदातालाई आग्रह गर्छु”, उनले भने, “मौनअवधि सुरु भइसकेकाले आचारसंहिता पालनामा समेत सबैलाई ध्यान दिन आग्रह छ । निर्वाचनले पालिकाको दक्ष नेतृत्व चयनमा सबैलाई निधक्क मतदान गर्ने वातावरण बनाउने दायित्व सबैको हो ।”

जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन् । ती मध्ये महिलाको सङ्ख्या बढी छ । जिल्लामा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन् । ११ जना अन्य मतदाता छन् । मतदान केन्द्रमा पुगेका कर्मचारीले बुधबारबाट मतदाता परिचयपत्र वितरण थालेका छन् । निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिमका सीमानाका तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमानाकामा आवतजावत बन्द गरिएको हो । भारतसँग सीमा जोडिएको त्रिनगर–गौरीफन्टा, खक्रौला नाका, बैतडीको झुलाघाटलगायतका सीमानाका बन्द भएका छन् । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी