Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा मौन अवधिदेखी मत परिणाम नआउन्जेलसम्म मादक पदार्थको सेवन र बिक्रि वितरण गर्न प्रतिबन्ध

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा २७ गते मंगलबार रातीदेखी जिल्लाभर मादक पदार्थको सेवन तथा बिक्रि वितरण गर्न नपाईने भएको छ । शनिबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले निर्वाचनको मौन अवधिदेखी मत परिणाम घोषणा नहुन्जेलसम्मका लागी जिल्लाभर मादक पदार्थको सेवन र बिक्रि वितरण निषेध गरिने जनाएको छ ।

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचार संहितामा उल्लेख भए बमोजिम २७ गते राती १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम पूर्ण रुपमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

प्रशासनले जारी गरेको आदेशको उल्लंघन गरेको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही गरिनेसमेत बताईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK