बाजुरा (मार्तडी) । जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी उपाध्यक्षमा तीन हजार ६४२ मत प्राप्त गरी नेपाली कांग्रेसका विसुदेवी नाथ विजयी भएका छन् ।
उनका निकटम प्रतिस्पर्धी क्रमशः कांग्रेसका खड्कबहादुर बुढाले तीन हजार ५५८ र एमालेका मनदेवि ओलीले तीन हजार ५९४ मत प्राप्त गरेका छन् । सात वडा रहेको खप्तड छेडेदहमा पाँच वडामा कांग्रेस विजयी भएको छ भने दुईवडामा एमालेले जित हासिल गरेको छ ।
कांग्रेसबाट वडा नं १ मा वीर बहादुर रावल, २ मा भक्त बहादुर बुढा, ३ मा विर्कबहादुर रावत, ५ मा जीत बहादुर रावत र ६ मा हर्क विष्ट विजयी भएका छन् । त्यस्तै एमालेबाट वडा नं ४ मा दल बहादुर धामी र वडा नं ७ मा खगेन्द्र हादुर रावत सहित सिङ्गो टिम विजयी भएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्