×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खप्तड छेडेदहको अध्यक्षमा एमाले उम्मेदवार रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

खप्तड छेडेदहको अध्यक्षमा एमाले उम्मेदवार रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी

Artha Sarokar

३ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाजुरा (मार्तडी) । जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले) का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् । यसैगरी उपाध्यक्षमा तीन हजार ६४२ मत प्राप्त गरी नेपाली कांग्रेसका विसुदेवी नाथ विजयी भएका छन् ।

उनका निकटम प्रतिस्पर्धी क्रमशः कांग्रेसका खड्कबहादुर बुढाले तीन हजार ५५८ र एमालेका मनदेवि ओलीले तीन हजार ५९४ मत प्राप्त गरेका छन् । सात वडा रहेको खप्तड छेडेदहमा पाँच वडामा कांग्रेस विजयी भएको छ भने दुईवडामा एमालेले जित हासिल गरेको छ ।

कांग्रेसबाट वडा नं १ मा वीर बहादुर रावल, २ मा भक्त बहादुर बुढा, ३ मा विर्कबहादुर रावत, ५ मा जीत बहादुर रावत र ६ मा हर्क विष्ट विजयी भएका छन् । त्यस्तै एमालेबाट वडा नं ४ मा दल बहादुर धामी र वडा नं ७ मा खगेन्द्र हादुर रावत सहित सिङ्गो टिम विजयी भएको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी