डोटी । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्त बहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरव बहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६८४ मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले दुई हजार ४०७ मत प्राप्त गरी विजयी भएको छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार २७६ मत प्राप्त गरेका छन् । गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी ) का भक्तबहादुर साउदले एक हजार ४७१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरेकी छिन् ।
यसैगरी वडा नं १ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबल बहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै राम बहादुर गुरुङ, वडा नं २ बाट नेकपा ९माओवादी केन्द्र० का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा ९एमाले० का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्