×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘धनगढीमा नेकपा एमालेप्रति बढेको युवा उत्साहले जितलाई झनै सुनिश्चत गरेको छ’ -कमलसिंह राना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘धनगढीमा नेकपा एमालेप्रति बढेको युवा उत्साहले जितलाई झनै सुनिश्चत गरेको छ’ -कमलसिंह राना

Artha Sarokar

२७ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । मतदान गर्ने दिन नजिकिदै गर्दा धनगढीमा चुनावी सरगर्मी झनै बढेको छ । लगातारको प्रचारप्रसारबाट धनगढीमा नेकपा एमालेप्रति युवाहरुको उत्साह बढेको पार्टिका जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार समितीका सचिव कमलसिंह रानाले बताएका छन् ।

गठबन्धनप्रतिको तिक्तता र खेर गएको ५ वर्षप्रतिको रुष्ठपनाले एमालेलाई जितको नजिक पुर्याएको रानाले बताए । ‘अहिले धनगढीका अधिकांश युवाहरुको हाम्रो पक्षमा छन्’, उनले भने, ‘यो नेकपा एमालेको महत्वपुर्ण उपलब्धि हो ।’ अवको देशको समृद्धिको आधार नेकपा एमालेले मात्रै कोर्न सक्ने बताउँदै उनले अब धनगढीवासीले विकल्पका रुपमा एमालेलाई नै रोजेको दाबी गरेका छन् ।

त्यस्तै रानाले परिवर्तन र समृद्धिका लागी बैशाख ३० गतेको निर्वाचनमा सुर्य ध्वजाबाहक नेकपा एमालेका सम्पुर्ण उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन समेत आग्रह गरेका छन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी