- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । मतदान गर्ने दिन नजिकिदै गर्दा धनगढीमा चुनावी सरगर्मी झनै बढेको छ । लगातारको प्रचारप्रसारबाट धनगढीमा नेकपा एमालेप्रति युवाहरुको उत्साह बढेको पार्टिका जिल्ला कमिटी सदस्य तथा प्रचारप्रसार समितीका सचिव कमलसिंह रानाले बताएका छन् ।
गठबन्धनप्रतिको तिक्तता र खेर गएको ५ वर्षप्रतिको रुष्ठपनाले एमालेलाई जितको नजिक पुर्याएको रानाले बताए । ‘अहिले धनगढीका अधिकांश युवाहरुको हाम्रो पक्षमा छन्’, उनले भने, ‘यो नेकपा एमालेको महत्वपुर्ण उपलब्धि हो ।’ अवको देशको समृद्धिको आधार नेकपा एमालेले मात्रै कोर्न सक्ने बताउँदै उनले अब धनगढीवासीले विकल्पका रुपमा एमालेलाई नै रोजेको दाबी गरेका छन् ।
त्यस्तै रानाले परिवर्तन र समृद्धिका लागी बैशाख ३० गतेको निर्वाचनमा सुर्य ध्वजाबाहक नेकपा एमालेका सम्पुर्ण उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन समेत आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्