Skip to content
LAXMI SUNRISE BANK

धनगढी १८ मा रिजालको इन्ट्रिसँगै वडावासीले पाउने भए निःशुल्क एम्बुलेन्स सेवा…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ ले वडावासीका लागी निःशुल्क सेवा दिने निर्णय गरेको छ । नव निर्वाचित वडा  कमिटीको पहिलो बैठकले वडावासीका लागी निःशुल्क एम्बुलेन्स सेवा दिनेगरी आफ्नै एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको वडा अध्यक्ष भुवन रिजालले बताएका छन् ।

‘हामी जनताका सेवक हौँ’, उनले भने, ‘निर्वाचित भएपछि जनताको सेवा स्वरुप पहिलो निर्णय आफ्नै एम्बुलेन्स खरिद गरी निःशुल्क सेवा प्रवाह गर्ने गरेका छौँ ।’ अव जुनसुकै वर्गका नागरिकले पनि सहजै रुपमा आवश्यकताका आधारमा वडाको एम्बुलेन्स प्रयोग गर्न पाउने बताउँदै अध्यक्ष रिजालले यो समृद्धिको सुरुवात मात्रै भएको बताएका छन् ।

त्यस्तै रिजालले वडावासीको सहयोग र कमिटीको ऐक्यवद्धताका आधारमा आगामी पाँच वर्षमा आफ्नो वडालाई समृद्ध वडाका रुपमा स्थापित गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK