धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् । प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई एक हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचित विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले दुई हजार ८५९ मत मात्र प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार शिलादेवी मण्डल तीन हजार ८८७ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले दुई हजार ७६६ मत मात्र ल्याएका छन् ।
सहिदनगर नगरपालिकाको प्रमुखमा जसपा र उपप्रमुख नेपाली कांग्रेस
धनुषाको शहीदनगर नगरपालिकामा प्रमुख जनता समाजवादी पार्टी (जसपा) र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको छ । प्रमुखमा यादवले पाँच हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरकुमार गोइतले चार हजार १०५ मत प्राप्त गरे ।
उप प्रमुखमा सुनिताले चार हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाको लक्ष्मीनिया कुमारी मण्डलले चार हजार ७९१ मत प्राप्त गरिन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्