- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । प्रेस युनियन कैलालीले ३१ औँ स्थापना दिवश मनाएको छ । जिल्लाभरका पत्रकार का लागी निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउँदै कैलाली शाखाले ३१ स्थापना दिवश मनाएको हो ।
शुक्रबार धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीमा निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराउँदै प्रेस युनियन कैलालीले शुभकामना आदानप्रदान गरेको हो । समाज परिवर्तनका लागी अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य परिक्षण सेवा उपलब्ध गराएको प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले बताएका छन् । ‘स्थापना दिवशको अवसरमा सृजनात्मक काम गर्ने उद्धेश्यले निःशुल्क स्वास्थ्य परिक्षण गराएका हौँ’, उनले भने, ‘काम सँगसँगै स्वास्थ्य पनि प्राथामिकताको विषय हो ।’
प्रेस युनियन कैलालीले पत्रकारहरुका लागि बिभिन्न सिर्जनात्मक कार्य गर्दै आएको बताउदै युनियन कैलालीका सचिव सीताराम ओझाले स्वास्थ्य परिक्षणले पत्रकारहरुलाई थोरै भएपनि स्वास्थ्य लाभ भएको बताएका छन् ।
स्वास्थ्य परीक्षण कार्यक्रम युनियनका कैलाली अध्यक्ष श्रवण देउवाको अध्यक्षता सम्पन्न भएको थियो । सचिव सीताराम ओझाले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तथा स्वास्थ्य बिभाग प्रमुख डा. मेराज आलम अन्सारी रहेका थिए ।
दिवसको अवसरमा अयोजित स्वास्थ्य परिक्षणमा धनगढीका २८ जना विभिन्न संञ्चार माध्याममा कार्यरत पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्